• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

शिरिषले जिते ८ औं ओपन वाटर च्याम्पियनसिप

  •   १७ माघ २०७५, बिहीबार १८:०७ 
  • ओलम्पियन शिरिष गुरुङ्गले पोखराको फेवातालमा सम्पन्न ८ औं ओपन वाटर स्विमिङ्ग च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ कि.मि.को दुरी २१ मिनट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । गुरुङ्गले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यस अघिको संस्करण एपिएफका देवेश मानन्धरले जितेका थिए ।

    नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराही घाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनट ३८.३१ सेकेन्ड समयका साथ दोश्रो भए । उनले नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा अविरल भंडारी रहे । उनले २१ मिनट ४२.३१ सेकेन्ड समय खर्चे । भंडारीले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे ।

    महिला तर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनट ३३.३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन् । उनले नगद १५ हजार प्राप्त गरिन् । यसैगरि २३ मिनट ५५.९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन् । कास्य पदक जितेकी श्रेवी महर्जनलले २४ मिनट ०५.७७ सेकेन्ड समय लगाईन् । रजत र कास्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे ।

    कास्की जिल्लाको लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङ्गले २६ मिनट ४८.७४ समयका साथ स्वर्ण पाए । उनले नगद ८ हजार प्राप्त गरे । दोश्रो भएका अर्जून नेपालीले नगद ५ हजार प्राप्त गरे । उनले ३० मिनट १८.१० सेकेन्ड समय लगाए । तेश्रो स्थानमा रहेका ठाकुर चौधरीले ३३ मिनट ५६.४९ सेकेन्ड समय लगाए । चौधरीले नगद ३ हजार प्राप्त गरे ।

    बिदेशी खेलाडीहरुको प्रतिस्पर्धामा स्पेनका खेलाडीहरुले जित निकाले । गार्सिया डेलगाडो मार्टाले पहिलो स्थान हात पारिन् । उनले २८ मिनट ५१.६० सेकेन्ड समय लगाईन् । दोश्रो स्थानमा मिचेल वेल्चले ३१ मिनट ३६.१० सेकेन्ड समय खर्चिन् । यसै गरि अवेरो मारियाले ३५ मिनट २०.०३ सेकेन्ड समयका साथ तेश्रो भईन् । विदेशी खेलाडीहरुले प्रमाण पत्र प्राप्त गरे ।

    बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी कास्कीका प्रदेश सभासद राजीव पहारी, सेनाका गण्डकी पृतनापती रथी काजी बहादुर खत्री, एसपी ओम राना, नेपाल पौडी संघका उपाध्यक्ष महेश नेवाः र महासचिव जगतमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा कास्कीका ६, बिदेशी ५, महिला १० गरि कुल ४० जनाको सहभागिता रहेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    एफसी केन्टद्वारा दोस्रो एनआरएनए कपको उपाधि जित
    ३९ टिमको सहभागिता, एनआरएनए कपले जोड्दैछ नयाँ–पुराना पुस्ता
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य