• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

अल्ट्रा म्याराथनको उपाधि खगेन्द्र बहादुर रानाभाटलाई

  •   १७ माघ २०७५, बिहीबार १८:१६ 
  • कृष्ण न्यौपाने
    दमौली

    व्यास नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि डोटीका खगेन्द्र बहादुर रानाभाटले जितेका छन् ।

    व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी २ घन्टा ५३ मिनेटमा पार गर्दै त्रिभुवन आर्मी क्लबका रानाभाटले उपाधि जितेका हुन् ।
    प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घन्टा २ मिनेटमा उक्त दुरी पार गर्दै द्वितीय भएका छन् भने ३ घन्टा १४ मिनेटमा उक्त दुरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय भएका छन् ।

    ३ घन्टा १६ मिनेटमा उक्त दुरी पार गर्दै रुकुमका दुर्गाराज बुढा, ३ घन्टा २० मिनेटमा उक्त दूरी पार गर्दै रामेछापका किरण सिं बोगटी मगर, ३ घन्टा २२ मिनेटमा दूरी पार गर्दै व्यास नगरपालिका–६ का सुरेन्द्र चापागाईं, ३ घन्टा २३ मिनेटमा व्यास नगरपालिका–६ कै विशाल गुरुङ र ३ घन्टा ३५ मिनेटमा उक्त दूरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    पोहोर सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवका नवराज साउदले ३ घन्टा १३ मिनेटमा दुरी पार गर्दै उपाधि जितेका थिए । उनी यसेपालि द्वितीय भए ।

    म्याराथनमा प्रथम हुनेले ८० हजार, द्वितीय हुनेले ६० हजार, तृतीय हुनेले ५० हजार र सान्त्वना हुने ५ जनाले १५÷१५ हजार प्राप्त गरेका छन् । विजेताहरुलाई राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर टुंगिगएको थियो ।

    प्रतियोगितामा १९ जिल्लाका १ सय ४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा तनहुँ सहित कास्की, बाँके, लमजुङ, झापा, रुकुम, गोरखा, धनकुटा, पाँचथर, भक्तपुर, डोटी, सिन्धुपाल्चोक, ललितपुर जिल्लाका धावकको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको मानहुँमा उद्घाटन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकुदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताए । खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्‍याएको भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘खेलकुदको क्षेत्रबाट नेपाल विश्व समुदाय माझ चिनिन सफल भएको छ । यो सकारात्मक हो ।’

    वरिष्ठ नेता पौडेलले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्ने बताए । वरिष्ठ नेता पौडेलले मानहुँकोटमा विकासको संरचना विस्तारै खडा हुँदै गएकोले गुरुयोजना बनाएर मानहुँकोटको विकास गर्नुपर्नेमा जोड दिए । मानहुँकोटसम्म पुग्ने कच्ची मार्ग पिच हुँदै गरेकोले यसको यहाँको पर्यटनमा टेवा पुर्‍याउने उनको भनाई थियो ।

    बैकुण्ठ र कान्छीमाया सम्मानित
    उक्त अवसरमा नगरपालिकाले ख्यातिप्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गरेको थियो । उनीहरुलाई दोसल्ला र सम्मानपत्रले वरिष्ठ नेता पौडेल र नगर प्रमुख न्यौपानेले सम्मान गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    एफसी केन्टद्वारा दोस्रो एनआरएनए कपको उपाधि जित
    ३९ टिमको सहभागिता, एनआरएनए कपले जोड्दैछ नयाँ–पुराना पुस्ता
    लन्डनको केम्पटन पार्कमा ‘मिनी नेपाल’ झल्किने ऐतिहासिक नेपाली मेला सम्पन्न
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य