• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पूर्वमन्त्री मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

  •   १३ माघ २०७५, आईतवार ११:१२ 
  • मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई मगर गादो, फेटा गुँथेर मगर खुर्पेटोमा अंकित ताम्रपत्रले सम्मानित गरेको थियो ।

    मगर जातिको पहिचान र साँस्कृतिक अधिकारका लागि अनवरत संघर्षरत नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) स्थापना, प्राचिन मगर र अक्खा लीपि पुस्तक लेखि मगर जातिको इतिहास उत्खनन गर्नुका साथै संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने राजनैतिक विचारको सुत्रपात गरी नेपाली जनता, मगर जातिको मुक्ति र अधिकारको लागि पुर्याएको महत्वपूर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो ।

    त्यसैगरी अर्का सम्मानित सञ्जोग लाफा मगरलाई मगर साहित्यमा प्रथम उपन्यास ‘रेवस’ (चलन–२०५१) लेखेर मगर साहित्यको ओज बढाउन उल्लेख कार्य चलचित्रको माध्यमवाट मगर जातिको जीवनदर्शनलाई गौरव तुल्याउन मगर भाषा शिक्षाको लागि साँगठनिक रुपमा नेपाल मगर विद्यार्थी संघ स्थापना गर्न अहम भूमिका निर्वाह गरेका मगर जातिको हक, अधिकारको लागि अनवरत संघर्षरत योगदानको उच्च मुल्याङ्कन गरी सम्मान गरिएको थियो ।

    थापा मगरलाई मगर रत्न (Jewells of Magar) उपाधिले पुकारिन्छ भने लाफा मगरलाई मगर जातिको अभिन्यताले चिनिन्छ ।
    पुर्याएको

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ‘मगर्स गट ट्यालेन्ट २०२५’ प्रतियोगिताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा
    आठौं ‘Magar’s Got Talent 2025’ नोभेम्बर ८ मा लन्डनमा — सहभागी हुन दर्ता खुला
    पाल्पाको गौरव: बेलायतको ननिटन बेडवर्थ बरोका मेयर, भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगरलाई नेपालमा विशेष सम्मान
    बेलायतमा सीएनसीबीजीद्वारा ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ भव्य रूपमा सम्पन्न
    मगर संघ यूकेको सक्रिय सहभागिता: कुलमान घिसिङ सम्मान कार्यक्रममा अध्यक्ष लाल पुन नेतृत्वमा युवा र कलाकारको पनि उल्लेख्य उपस्थिति
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य