• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पूर्वमन्त्री मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

  •   १३ माघ २०७५, आईतवार ११:१२ 
  • मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई मगर गादो, फेटा गुँथेर मगर खुर्पेटोमा अंकित ताम्रपत्रले सम्मानित गरेको थियो ।

    मगर जातिको पहिचान र साँस्कृतिक अधिकारका लागि अनवरत संघर्षरत नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) स्थापना, प्राचिन मगर र अक्खा लीपि पुस्तक लेखि मगर जातिको इतिहास उत्खनन गर्नुका साथै संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने राजनैतिक विचारको सुत्रपात गरी नेपाली जनता, मगर जातिको मुक्ति र अधिकारको लागि पुर्याएको महत्वपूर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो ।

    त्यसैगरी अर्का सम्मानित सञ्जोग लाफा मगरलाई मगर साहित्यमा प्रथम उपन्यास ‘रेवस’ (चलन–२०५१) लेखेर मगर साहित्यको ओज बढाउन उल्लेख कार्य चलचित्रको माध्यमवाट मगर जातिको जीवनदर्शनलाई गौरव तुल्याउन मगर भाषा शिक्षाको लागि साँगठनिक रुपमा नेपाल मगर विद्यार्थी संघ स्थापना गर्न अहम भूमिका निर्वाह गरेका मगर जातिको हक, अधिकारको लागि अनवरत संघर्षरत योगदानको उच्च मुल्याङ्कन गरी सम्मान गरिएको थियो ।

    थापा मगरलाई मगर रत्न (Jewells of Magar) उपाधिले पुकारिन्छ भने लाफा मगरलाई मगर जातिको अभिन्यताले चिनिन्छ ।
    पुर्याएको

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    ‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ‘मगर्स गट ट्यालेन्ट २०२५’ प्रतियोगिताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य