• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

हिन्दुधर्मलाई “काे” र “के”बाट खतरा, हिन्दुधर्मकाे अस्तित्वमा यी तत्वहरू खतरा हुन

  •   १३ माघ २०७५, आईतवार ११:२१ 
  • हिन्दुधर्मलाई स्वार्थी बाहुन बाटै खतरा छ  ।

    ___ बलदीप प्रभाश्वर चामलिङ

    हिन्दुधर्मकाे अस्तित्वमा निम्म तत्वहरू खतरा हुन् :

    क) स्वार्थी बाहुन

    हिन्दुधर्मलाई काेहीबाट खतरा छ भने त्याे हिन्दुधर्मकै केही स्वार्थी बाहुनहरूबाट नै छ । नेपालमा रहेका राष्ट्रिय स्तरका९८(98%) प्रतिशत चर्चका प्रमूख बाहुनहरू नै छन् । क्रिश्चयनधर्मका नाममा देशविदेश भ्रमणमा जाने बाहुनहरू नै छन् । क्रिश्चयनधर्मकाे नाममा चलखेल हुने रकम उनीहरू कै हातमा छन् ।तस्विरमा लेखक चाम्लिङ ।

    विदेशी रकम विभिन्न एनजिओ/आईएनजिओ मार्फत नेपालमा आउछन् ।ती एनजिओ/आईएनजिओका प्रमूख बाहुनहरू नै हुन्छन्।

    राेदीघरका घले डनलाई हाेइन; बिष्टहरूकाे लुगा सिलाउने दर्जीलाई हाेइन; भैसी चराउने राईलाई हाेइन; मैच्याङ र च्याङ्वाकाे धुनमा रम्ने जाेसिला तामाङलाई हाेइन; धाननाचकाे लिम्बु हिराेलाई हाेइन र हाम्राे कपाल काटिदिने, तरकारी घरघरमा ल्याएर खुवाउने, जुत्ता पालिस गरिदिने, घरवरिपरिका कबाडी साफ गरिदिने र सुट सिलाई दिने श्रमिक मधेसीलाई हाेइन, उनै सिहदरबार थर्काएर बस्ने बाहुन नाईकेहरूलाई नै विदेशीले पनि पत्याउने हाे र उनीहरूले नै खाेलेका संघ/संस्थालाई उनीहरूले “डाेनेसन/फण्ड” निर्माण गरिदिने हाे ।

    जनजाति र उस्ले खाेलेकाे संस्थालाई विदेशीले पनि नपत्याउने भएकै हुदा एक गुरूङकी छाेरी बाहुनकाे थरमा चिनिएर “माईती नेपाल” चलाएर बसेकी थिइन । उनीले अफूलाई अनुराधा काेइराला नभनेर अनुराधा गुरूङ भनेकी भए उनकाे संस्था पनि चल्ने थिएन । क्रिश्चियनधर्मकाे ठूलाे प्रचारक त तत्कालिन व्यवस्थािपिका-संसदमा बहालवाला सदस्य थिए । उनी शुद्ध ढकाल बाहुन हुन् । उनी त्यहि संसद सदस्यबाट तत्कालीन सरकारका मन्त्री पनि भएका थिए । राज्यसत्ता र विदेशी पैसाकाे आडमा क्रिश्चियनधर्मकाे प्रचार गर्ने आखिर याे मुलुकमा बाहुन नै छन् ।

    यसरी सत्ताधारी जाति बाहुनहरूकै हातमा एनजिओ/आईएनजिओ हुने भएकाे हुदा दलित, मधेशी र जनजातिले बिदेशी पैसा खाएर हिन्दुधर्मलाई विनास गर्न खाेज्दैछन भन्नु हास्यस्पद अर्तनाद हाे । धर्मनिरपेक्षता, पहिचान र संघीयता माग्ने आदिवासी, दलित र मधेसीकाे कारण हाेइन, बरू उनै स्वार्थी बाहुनकाे कारण हिन्दुधर्मकाे हुर्मत गरिदैछन् । दलित र जनजातिहरू जातीय उत्पीडनबाट मुक्ति पाइएलाकी भनेर क्रिश्चियन भाका छन् भने बाहुनहरू पैसाकाे लागि ।

    ख) जातीय छुवाछुत र विभेद

    हिन्दुधर्ममा भएकाे कट्टरपन संस्कार अन्तत: हिन्दुधर्मलाई नै हानी हुने कुरा हाे । हिन्दुहरूमा जस्ताे जातीय छुवाछुत अन्य धर्ममा हुन्न । बुद्धिष्ट, क्रिश्चयन र मुस्लिम धर्ममा लाग्नेहरूमा विभेद हुन्न । ती धर्मशास्त्रमा निपुण हुने वित्तिकै ती धर्मकाे कर्मकाण्डमा जाेसुकै पुरेत तथा पुजारी हुन सक्छ । तर हिन्दुधर्ममा त्याे हुन्न । कुनै दलित हिन्दुधर्मशास्त्रकाे पारङ्गत भए पनि उस्लाई बाहुन समाजकाे पण्डित र पुरेतकाे रूपमा स्वीकारिन्न । अरू त परकै कुरा हाे, त्याे काले राई हिन्दुधर्मशास्त्रकाे प्रख्यात बाहुनहरूभन्दा पनि विद्वान भएर जनै भिरेर आफूलाई आर्य भन्दाभन्दै पनि उसलाई बाहुनले घरमा हुलेर पूजारी तथा पुरेत बनाउन चाहेन ।

    हाे, यस्ताे विभेदबाट मुक्तिकाे अनुभूति प्राप्त गर्न केही दलित र जनजातिहरूले धर्म परिवर्तन नगरेका हाेइनन् । आफूलाई हिन्दु बनाउदा बनाउदै पनि बाहुनहरूबाटै विभेद खेप्नुपरेपछि त्यसकाे विकल्प के हुनसक्छ ? दलितकाे काेखमा जन्म लिएका हिजाे भारतका महामानव तथा विद्वान भिमराव अम्बेडकर लाखाैंकाे संख्यामा आफ्ना समर्थकहरू सहित त्यसै बुद्घधर्ममा प्रवेश गरेका थिएन । किन हिन्दुधर्म विश्वव्यापी नभएर भारत र नेपालमा मात्रै खुम्चेर रहेकाे छ ? किन हिन्दुधर्ममा आर्यनश्ल(बाहुन) बाहेक अरू नश्लिय जातिहरू आकर्षित हुन सकेनन् ? यसरी भाेली हिन्दुधर्म लाेप हुनसक्ने भयकाे कारण यसलाई राज्यसत्ताकाे सुरक्षाकवच प्रदान गर्न नेपाललाई धर्मनिरपेक्ष राज्य नबनाएर हिन्दुराज्य नै बनाउनु पर्ने जाेड त गरेका हाेइनन्, अतिवादीहरूले ?

    ग) गरिवी

    गरिवी दशकाे राेग हाे । जनता आफै आफ्नाे कारणले गरिव हुने हाेइन, राज्यसत्ताकाे अवैज्ञानिक नीति तथा कार्यक्रमकाे कारण देश गरिव हुने हाे । नेपाललाई संसारकै गरिब देशकाे सुचिमा राख्ने सत्ताधारी हुन् कि हलाे जाेत्ने किसान हुन ? नेपालकाे सत्ताकाे बागडाेर कस्काे हातमा छ ? राज्यसत्ताकाे राजनीतिक तालाचाबी आफ्नै हातमा भएर पनि कुनै कुराकाे दाेष जनजाति, दलित र मधेसीलाई दिन मिल्छ ? बाहुन त आर्थिक प्रलाेभनमा पर्छ भने सदियाै वर्षसम्म राज्यबाट किनारा लगाइएकाे र विपन्न बनाइएकाे समुदाय स्वाभाविक रूपमा प्रलाेभनमा पर्छन् । हाे, क्रिश्चियन मिसनरीहरूले नेपालकाे गरिवी , विपन्नता र अज्ञानतामा खेलिरहेका छन् । गाँस, वास र कपासकाे प्रलाेभनमा नेपालीहरूलाई क्रिश्चियन बनाइरहेका छन् । याे सबैलाई चुनाैतिकाे विषय हाे ।

    वास्तवमा ईशाइधर्म बुद्धधर्मकै “बाई-प्राेडक्ट” हाे भन्ने कुराकाे बाेध गर्न नसक्ने अज्ञानताले पनि यसाे भएकाे हाे । एकातिर समानता र न्यायमूलक प्रतगिशिल समाज निर्माणमा नलागी जातीय विभेद गरिरहने र भ्रष्टाचार गरेर देशमा उन्नति नगरी जनतालाई गरिवीमा रहन वाध्य बनाइरहने; र अर्काेतिर हिन्दुधर्मकाे विरूद्ध चलखेल भाे भनेर राेइकराइ गर्नु भनेकाे गल्ली साफ नगरेर झिंगामात्र मार्ने प्रयत्न गर्नु हाे । फाेहर गल्ली रहुन्जेल झिंगाकाे समस्या रहिरहन्छ । हाे, हिन्दुधर्मकाे फाेहर गल्ली भनेकाे स्वार्थीबाहुन, जातीय विभेद र गरिवी हन् । पहिले यसकाे सफाई हुनुपर्छ ।

     

    बिश्लेषक, लेखक “जातियमुक्ती र लोकतन्त्र”, अनुवादक “क्रुसमा नमरेका बौद्धमार्गी जिसस क्राइष्ट”

    सचिब – राष्ट्रिय जनमुक्ति पार्टी ।

    Source: फेस्बुक वालबाट

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ‘मगर्स गट ट्यालेन्ट २०२५’ प्रतियोगिताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा
    आठौं ‘Magar’s Got Talent 2025’ नोभेम्बर ८ मा लन्डनमा — सहभागी हुन दर्ता खुला
    पाल्पाको गौरव: बेलायतको ननिटन बेडवर्थ बरोका मेयर, भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगरलाई नेपालमा विशेष सम्मान
    बेलायतमा सीएनसीबीजीद्वारा ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ भव्य रूपमा सम्पन्न
    मगर संघ यूकेको सक्रिय सहभागिता: कुलमान घिसिङ सम्मान कार्यक्रममा अध्यक्ष लाल पुन नेतृत्वमा युवा र कलाकारको पनि उल्लेख्य उपस्थिति
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य