मगर समाचारमा रहेका समाचारहरु

बेलायतमा अर्को साताबाट कोरोना विरुद्धको खोप लगाइने

लण्डन । बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्टस रेगुलेटरी अथोरिटी (एमएचआरए) ले बुधबार फाइजर तथा बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई अनुमति दिएपछि बेलायतमा अर्को साता देखि खोप लगाउन शुरु हुने भएको छ । सायद विश्वमा कोरोना...

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् । बीबीसीले...

कोरोना रोकथाममा गोर्खा वेलफेयरको ३ करोड सहयोग

पोखरा — कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ ।बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा खर्च गरेको हो । कोरोना महामारीमा अग्रपंत्तिमा रहेर...

किरिया सकेर स्वास्थ्य चौकीमा बास

देव पचभैया पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए ।...

पाल्पाका बाढी-पहिरो पिडितलाई पाल्पा जिल्ला समाज युके (पाल्पाली भञ्याङ्ग)वाट आर्थिक सहयोग

पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको...

पहिरोले घर पुरिदा बेपत्ता भएका ५ जनाकै शब भेटियो

पाल्पा, असोज ९, पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, छोरी...

पाल्पामा पहिरोले घर पुरिदा ६ बेपक्ता, उद्धार कार्य चल्दै

पाल्पा, असोज ८ पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता...

घन बहादुर थापा मगरको नवीनतम् कृति फूलको मुस्कान

लण्डन काठमाडौँ न्यूज डेस्क कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।नेपाली कविता र गीत...

कोरोनाले गर्नु गर्‍यो

गोमा राना (बेलायत) ए बुनु, शिला दिदी बिरामी हुनुहुन्छ रे नि थाहा छ तिमीलाई ? अहँ थाहा छैन त के भाको होला ? हिजो म त्यै बाटो भएर पसल गएको थिएँ थाहा पाए त यसो बोलाएर आउने थिए नि। हेर न बुनु...

प्लमस्टिडमा पार्कमा हिड्न गएकी पाल्पाली धनमाया थापा (मगर) बेपत्ता, खोजीमा सघाउन अपील

लण्डन । नेपालको पाल्पा जिल्ला स्थाई घर भै हलमा लण्डनमा स्थित प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा धनमाया थापा (मगर) आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् । स्थानीय प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार दिउँसो साढे एक बजे घरबाट निस्किएकी...